१ कार्तिक २०८३, आइतबार

कोलम्बियाका राष्ट्रपतिलाई यस बर्षको नोवेल शान्ति पुरस्कार दिइने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nbl-puraskar

ओस्लो, २१ असोज । झण्डै पाँच दशक लामो द्धन्द्ध अन्त्य गराउनु भएका कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोसले सन् २०१६को नोवेल शान्ति पुरस्कार पाउनुहुनुे भएको छ ।

कोलम्बियाको विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (फार्क)सँग झण्डै चार बर्ष लामो वार्ता गरी ऐतिहासिक शान्ति सम्झौता गराउनु भएकाले उहाँलाई नोबेल शान्ति पुरस्कारका लागि छनौट गरिएको नोबेल पुरस्कार बिजेता छनौट समितिले शुक्रबार जनाएको छ ।

सान्तोषले कोलम्बियामा जारी ५२ बर्ष लामो द्धन्द्ध अन्त्य गराउनु भएको थियो । तर सो सम्झौता स्वीकार्य छ वा छैन भन्ने विषयमा गत आइतबार सम्पन्न जनमत सङग्रहमा भने विपक्षमा बहुमत परेको थियो ।

बहुमत विपक्षमा परेपनि टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति सान्तोसले “युद्ध अन्त्य गर्ने हरेक कोलम्बियाली जनताको चाहना अनुसार जतिसक्दो चाडो आवश्यक मु्द्दा समाधानका लागि तत्काल वार्ता सुरु गर्न अनुरोध गर्दछु्,” भन्नुभएको थियो ।

उहाँले ५२ बर्ष लामो द्धन्द्ध अन्त्य गर्ने प्रयास जोगाई राख्न सवै पार्टीका नेताहरुसँग आपत्कालिन बैठक पनि राख्नु भएको थियो ।

जनमत सङ्ग्रहका लागि भएको मतदानमा ५२.२ प्रतिशत मतदाताले सम्झौताको विपक्षमा भोट हालेका थिए भने बाँकी ४९.८ प्रतिशतले विपक्षमा मतदान गरेका थिए ।

राष्ट्रपति सान्तोषको अथक प्रयासमा गतः हप्ता हस्ताक्षरित भएको उक्त सम्झौता कार्यान्वयन गर्नुअघि जनताबाट अनुमोदित हुनुपर्ने प्रावधान राखिएअनुसार जनमत सङ्ग्रह सम्पन्न गरिएको हो । रासस÷एएफपी÷ सिन्ह्वा