३० कार्तिक २०८३, सोमबार

प्रधानमन्त्रीद्वारा लाप्राक एकीकृत नमुना वस्तीको शिलन्यास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nrna-home

गोरखा, २१ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखाको लाप्राकस्थित नमुना बस्तीको आज एक समारोहबीच शिलान्यास गर्नुभयो ।

गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० ले पुनःनिर्माणको जिम्मा लिएको गुप्सीपाखास्थित लाप्राक नमुना बस्तीको उहाँले शिलन्यास गरी पुनःनिर्माण अभियानको सुरुवात गर्नुभएको हो ।

सो अबसरमा प्रधानमन्त्री दाहालले पुनःनिर्माणलाई सरकारले बिशेष प्राथमिकतामा राखेको बताउँदै यस कार्यमा सबैको सहयोग र समन्वय आवश्यक रहेको छ भन्नुभयो ।

गुप्सीमा घर बनाउने लाप्राकीलाई सरकारले घडेरी उपलब्ध गराएको जानकारी दिदैं उहाँले भन्नुभयो – “अहिले जग्गाको भोगाधिकार मात्रै दिइएको छ, पछि हकाधिकार पनि दिइने छ ।”

भूकम्पले सिङ्गो गाउँ ध्वस्त भएपछि लाप्राकीहरु गुप्सीपाखा जङ्गलको जग्गामा अस्थायी टहरा बनाएर बस्दै आएका छन् । गुप्सीमा ६१७ वटा टहरो छ । एनआरएनएले सबै लाप्राकीलाई घर बनाइदिने प्रतिबद्धता जनाइसकेको छ ।

गाउँ पुगेका प्रधानमन्त्री दाहालसँग भूकम्पपीडित लाप्राकीले घर, बाटो, बिजुली र खानेपानीको व्यवस्था गरिदिन माग गरेका छन् ।

कार्यक्रममा गाविस सचिव धु्रवराज पराजुलीले गाउँलेको समस्या समेटिएको ज्ञापनपत्र प्रधानमन्त्री दाहाललाई बुझाएको नेकपा ९माओवादी केन्द्र० लाप्राकका नेता मारसिङ गुरुङले जानकारी दिनुभयो ।

ज्ञापनपत्रमा बारपाक, लाप्राक, गुम्दा, माछाखोला सडक कालोपत्रे गर्न माग गरिएको गुरुङको भनाइ छ ।

जवाफमा प्रधानमन्त्री दाहालले बारपाक, गुम्दा सडक कालोपत्रे गर्न बजेटको व्यवस्था गर्न पहल गर्ने बताउनुभयो ।

गुप्सीपाखामा खानेपानी, स्वास्थ्य चौकी भवन, गाविस भवन, बिजुलीलगायतको सुविधा छैन । गाउँलेले घर पुनःनिर्माणका क्रममाः विकासका अन्य पूर्वाधारयुक्त लाप्राक गाउँ निर्माण हुनुपर्ने बताउँदै आएका छन् । रासस