२ कार्तिक २०८३, सोमबार

सुन प्रतितोला तीन सयले घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold

काठमाडौं, २१ असोज । शुक्रबार नेपाली बजारमा सुन प्रतितोला तीन सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चार सय रुपैयाँले घटेर ५६ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अन्तिम दिन शुक्रबार तोलाको ५६ हजार रुपैयाँमा झरेको हो ।

यस्तै चाँदीको भाउ पनि यो हप्ता तोलामा ५५ रुपैयाँले घटेको छ । आइतबार आठ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलाको आठ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।