२ कार्तिक २०८३, सोमबार

हेलम्बुको जंगलमा लगेर छाड्न एउटै समूहले लग्यो ६ सय च्याङ्ग्रा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chyangra

भक्तपुर, २१ असोज । भक्तपुरमा दसैंका लागि मुस्ताङबाट ल्याइएका भेडा–च्याङ्ग्राको अभाव भएको छ । भक्तपुरमा करिब दुई हजारवटा भेडा–च्याङ्ग्रा बिक्रीका लागि ल्याइएकामा पशु अधिकारकर्मीका नाममा एउटै समूहले छ सयवटा च्याङ्ग्रा किनेर लगेपछि अभाव भएको हो ।

बुधवार हेलम्बुको जङ्गलमा लगेर च्याङ्ग्रा छाडिदिने र अरूलाई पनि पशुबध नगर्न आग्रह गर्ने भन्दै आएको समूहले प्रतिच्याङ्ग्रा रु १९ हजारका दरले कुल एक करोड १४ लाख रुपैयाँमा छ सयवटा च्याङ्ग्रा लगेको व्यापारी श्यामभक्त श्रेष्ठले बताउनुभयो ।

भक्तपुरको सल्लाघारीमा ल्याएको च्याङ्ग्रा प्रतिकिलो रु सात सय र भेडा प्रतिकिलो रु पाँच सय ५० देखि छ सयसम्ममा बिक्री भएको छ । भक्तपुरमा करिब चारसय च्याङ्ग्रा मात्र बाँकी भएको र यो आजसम्म सकिने भएकाले फूलपातीदेखि नै च्याङ्ग्राको अभाव हुने व्यापारी विष्णुभक्त श्रेष्ठले बताउनुभयो ।

मुस्ताङको घारमै एउटा च्याङ्ग्राको १८ हजार रुपैयाँ तिरेर ल्याएको बताउँदै उहाँले कर, ढुवानी खर्च र घारमै भेडाच्याङ्ग्रा महँगो तिर्नु परेकाले यस वर्ष कम सङ्ख्यामा ल्याएको बताउनुभयो । रासस