काठमाडौं, २१ असोज । डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै चाबहिलस्थित ओम अस्पतालमा तनावको स्थिती सिर्जना भएको छ ।
पाठेघरको समस्या भएर अस्पताल भर्ना भएकी संखुवासभा चैनपुरकी ५३ वर्षीया टंककुमारी न्यौपानेको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको थियो ।
उपचारमा डाक्टरले लापरबाही गरेको भन्दै आफन्तले प्रदर्शन गरेका थिए । अहिले ठूलो संख्या सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आफन्तहरुले संघन उपचार कक्षबाट मृतकलाई बाहिर निकाल्न दिएका छैनन् । डाक्टर जाहेश्वर गौतमको नेतृत्वको टोली मृतक न्यौपानेको उपचारमा संलग्न थियो ।
समस्या समाधानका लागि अहिले पीडीतका आफन्त र अस्पताल प्रशासनबीच वार्ता चलिरहेको छ ।












प्रतिक्रिया