१ कार्तिक २०८३, आइतबार

प्रशना र गोबिन्दको दसैंतिहार गीत बजारमा (भिडियोसहित)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dashi-geet

काठमाडौं । ‘बास्तबिकता नै गीत शब्दका आधार’ भन्ने भनाईलाई आत्मसात गर्दै गीत रचनामा लाग्नु भएका बर्तमान नेपाली संगीतका चर्चित एवं आशलाग्दा गीतकार गोबिन्द प्रसाद उपाध्यायले नेपालीको महान चाडपर्बलाई मध्यनजर गरेर दशै तिहार गीत बजारमा ल्याउनु भएको छ ।

उदाउदै गरेकी युवा गायिका प्रशना पान्डेले स्वर दिनु भएको र उहाँको आफ्नै एलबम ‘दशै तिहार आयो’ भन्ने बोलको गीत युटुब मार्फत भिडियोसहित सार्वजनिक गर्नु भएको हो ।

यस गीतका संगीतकार अनिश श्रेष्ठ हुनुहुन्छ। उहाले यो गीत नेपाली मारुनी भाका र नाचमा आधारित रहेको जानकारी दिनुभयो ।

‘आयो दशै तिहार आयो हाम्रो महान चाड पर्ब आयो।
नेपालीको घर दैलोमा उमङ नै उमङको छायो।
खुशीको बहार ल्यायो आयो दशै तिहार आयो।’

गायिका प्राश्ना पाण्डेले पनि दसैंतिहार स्वरुप दसैंतिहार आयो भन्दै गीतसङ्गीत मार्फत शुभकामना दिनुभएको छ । मोहनराज अधिकारीको निर्देशनमा बिरु लामाको छायांकन रहेको भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन् । भिडियोमा पर्मिला क्षेत्रीको अभिनय रहेको छ । गीतको अडियो संगीत सम्योजन गरेका हुन आमोश तमाङले ।

गीतकार उपाध्याय बर्तमान नेपाली गीत सङितको क्षेत्रमा अत्यधिक रुचाएका गीतकार हुनुहुन्छ ।

उपाध्याय कै शब्द रहेको यस सालको तीज गीत ‘चलेछ मग मग बासनाू’ पनि सर्वाेत्कृष्ट सन्देशमुलक तीज गीत शब्दको अवार्ड प्राप्त गरेको थियो ।

गीतकार गोबिन्दले आफ्नो तेस्रो सांगीतिक एल्बम सत्यता ३ को ‘बहारमा रमाउने’ बोलको गजल पनि युटुबमार्फत सार्वजनिक गर्नु भएको छ । यो गजलमा अन्जु पन्तको स्वर र कुसुम भट्टराईको सङीत सुन्न पाईन्छ ।

गीतकार उपाध्यायको पहिलो एल्बम सत्यता र दोस्रो सत्यता २ मा पनि अन्जु पन्त को नै स्वर रहेको थियो ।

हेर्नुस् भिडियोः