काठमाडौं, २१ असोज । सरकारले अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्नका लागि प्रक्रिया सुरु गरेको छ । दुरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले स्याटलाइट राख्न विश्वव्यापी आशयपत्र मागेको छ ।
प्राधिकरणले ४५ दिने सूचना प्रकाशित गर्दै स्याटलाइटसम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुसँग प्रस्ताव मागेको हो ।
यसअघि पनि नेपालको अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्ने सम्बन्धमा गरिएका अध्ययनहरु कार्यान्वयन हुन नसकेपछि अब अन्तर्राष्ट्रिय कम्पनीसँगको साझेदारीमा राख्ने तयारी भएको हो ।
केपी ओली नेतृत्वको अघिल्लो सरकारले पनि अन्तरिक्षमा नेपालको आफ्नै स्पेस हुनुपर्नेमा जोड दिँदै योजना अघि बढाएको थियो । जून अहिले औपचारिक रुपमा सुरु भएको छ ।
कारोबार दैनिकमा समाचार छ ।
















प्रतिक्रिया