इटाली । नेपाललाई युरोपमा चिनाउँदै मकवानपुर घर भएका मोडल फजिल अहमदले पछिल्लो समय मोडलिङ व्यवसायमा प्रगति गरेका छन् ।
प्रतिभाशाली कलाकार फजिलले इटालीमा बसेर युरोपको मोडलिङ व्यवसायमा काम गर्न थालेका हुन् ।
फजिल २०१० सालमा अध्यनको शिलसिलामा लण्डन आएका र २०१३ सालदेखि इटालीको मिलानो बसोबास गर्दै आइरहेका छन् ।

फजिलले नेपाल लगायत युरोपमा चर्चित नेपाली गायक एवम नायक बाबु बोगटीको एल्बम ‘रिस्पेक्ट’ को ‘थोरै थोरै’ गीतको म्युजिक भिडियोमा मोडेलको भूमिका गरिसकेका छन् भने आउँदो केहि नयाँ म्युजिक भिडियो लगायत नेपाली सिनेमामा पनि खेल्ने भएका छन् ।
बाबु बोगटीको एल्बम ‘रिस्पेक्ट’ को ‘थोरै थोरै’ गीतको म्युजिक भिडियोको निर्देशक, छायांकन र सम्पादन भने नेपाल टेलिभिजनका पूर्व कार्यक्रम प्रस्तोता उज्वल केसीद्वारा गरिएको थियो ।

शारीरिक बनावटको प्रशंसा संगै अहिले इटालीको एक चर्चित कपडा ब्राण्ड Elena savó (एलेना सवों) ले कपडा सो गर्न मोडेलको प्रस्ताब गरेपछि अहिले फजिल फेसन शो मा व्यस्त रहेका छन् ।
विदेशमा आफ्नो जीवनको महत्वपूर्ण उमेरका समय (क्षण) बिताएता पनि अप्रत्यक्ष रुपमा आफ्नो देशलाई विभिन्न माध्यमद्वारा आफूले सक्दो सहयोग गरिराखेको र भविष्यमा पनि गरिरहने फजिल बताउंछन् । साथै विदेशमा आफ्नो प्रतिभालाई निरन्तरता दिंदै भविष्यमा एक नेपाली ग्ल्यामरको रुपमा चिनिन चाहेको उनको भनाई छ ।
भिडियोः
















प्रतिक्रिया