३० कार्तिक २०८३, सोमबार

सर्वाेच्चको सूचना टाँस्न लोकमानको घर गएका कर्मचारी आफै हराए!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lokman_house_tameldar_03-1000x0

काठमाडौं, २० असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाई उपस्थित हुन पठाएको पत्र बोकेका सर्वोच्च अदालतका कर्मचारी आफैं सम्पर्कबिहिन भएका छन् ।

सर्वोच्च अदालतको टोली बिहीबार दोस्रो पटक लोकमानको घरमा सूचना टाँस्ने तयारीमा रहेका बेला पत्र बोकेका सर्वोच्चका तामेलदार शम्भु खत्री आफैं सम्पर्क बिहीन भएपछि अहिलेसम्म टोली हिँड्न सकेको छैन ।

उनले अन्तिमपटक बिहीबार सवा १० बजे फोन गरेर आफू उक्त सूचना टाँस्न अख्तियार नै पुगेको बताएका थिए । उनी लोकमानको घरमा अघिल्लो दिनमा सूचना टाँस्न नपाएपछि कार्यालयमै गएका थिए तर अझैसम्म उनको मोबाइल स्वीच अफ गरिएको छ ।

बुधबार साक्षी बस्नुपर्ने वडासचिव सम्पर्कमा नआएपछि सर्वोच्च टोली त्यत्तिकै फर्किएको थियो ।

कार्कीको घर वडा नम्बर १० बानेश्वर हाइटमा छ । त्यहाँका सचिव तालिममा भाग लिन भनी हिँडेका छन् । सर्वोच्च टोलीलाई सूचना टाँस्नका लागि उपस्थित हुने बताएका थिए तर अन्तिम समयमा उनी आएनन् ।

त्यसपछि सर्वोच्चको टोली करिब तीन घन्टा पर्खेर त्यत्तिकै फर्किएको थियो ।