१ मंसिर २०८३, मंगलबार

निर्वाचन आयुक्त इला शर्माले भारतका पूर्वनिर्वाचन आयुक्तसँग बिहे गर्दै, यसरी प्रेममा परिन

7.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

commissioners_photo

काठमाडौं, २० असोज । नेपालकी निर्वाचन आयुक्त इला शर्माले भारतका पूर्ब निर्वाचन आयुक्त शाहबुद्दिन (एसवाई) कुरेसीसँग बिबाह गर्न लागेको खबर सार्वजनिक भएको छ ।

भारतका पूर्वप्रमुख निर्वाचन आयुक्त कुरेसीसँग एक वर्षदेखि प्रेम सम्बन्धमा रहेकी शर्माको विहे हुन लागेको खबर भारतीय सञ्चारमाध्यमहरु टेलिग्राफ र इण्डियन इक्सप्रेसले पुष्टिका साथ प्रकाशन गरेका हुन् । उनीहरुबीच मेक्सिकोमा भएको एक अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा भेट भएको र त्यहीबाट प्रेम सम्बन्ध सुरु भएको बताइएको छ ।

६९ वर्षका कुरेसी र ४९ वर्षकी शर्माबीचको प्रेम सम्बन्धको औपचारिक विवाह यसैसाता हुने दावी समेत रिपोर्टहरुमा गरिएको छ ।

कुरेसी आफ्नो श्रीमती पत्रकार हुमरा कुरेसीसँग सम्बन्ध बिच्छेद गरेपछि एकल छन् भने इला शर्मा पति नेपाल प्रहरीका तत्कालिन इन्सपेक्टर नवराज पौडेल १५ वर्ष अघि माओवादी आक्रमणमा परि जाजरकोटमा मारिएदेखि नै एकल छिन् ।

इलासँगको सम्बन्धबारे भारतीय पूर्व निर्वाचन आयुक्त कुरेसी भन्छन्- ‘यो हामीबीचको व्यक्तिगत सम्बन्ध हो । कृपया, उहाँको नीजि मामिलाको सम्मान गर्नुहोला ।’ उनका अनुसार दुबैले परिवारबाट सामान्य बिरोधको सामना गरिरहेका छन् ।