१ कार्तिक २०८३, आइतबार

भारतसँग बदला लिन पाकिस्तानले बनायो नयाँ योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोदीसँग सुरक्षा सल्लाहकार डोभाल ।
मोदीसँग सुरक्षा सल्लाहकार डोभाल ।

काठमाडौं, २० असोज । भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पाकिस्तानले १ सय आतंककारीको साथ लिएर भारतमाथि आक्रमण गर्ने योजना बनाएको खुलासा गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी समेत उपस्थित रहेको सुरक्षा बैठकमा डोभालले भारतले गरेको सर्जिकल स्ट्राइक्सको जवाफ दिन पाकिस्तानले आक्रमणको योजना बनाएको खुलासा गरेका हुन् ।

पाकिस्तानले भारतमा आक्रमण गर्नका लागि १ सय आतंककारी तयार गरिरहेको अजित डोभाललाई उद्धृत गर्दै सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

डोभालको प्रतिवेदन लगत्तै पाकिस्तानसँग सीमा जोडिका माछिल, कुपवाटार नौशेरामा पाकिस्तानी साइडबाट फायरिङ भइरहेको खबर पनि आएको छ ।

भारतमा भने प्याराशुटबाट आतंकवादीहरुले आक्रमण गर्ने सूचना त्यहाँको गुप्तचर संस्थाले दिएको बताइएको छ ।

भारतको इन्टेलिजेन्स ब्युरोले भारतीय सुरक्षा बललाई पाकिस्तान समर्थित आतंकवादीहरुले प्यारा ग्लाइडर वा प्याराशुटबाट आएर आक्रमण गर्ने सम्भावना रहेको भन्दै सचेत गराएको सामाचारमा उल्लेख गरिएको छ ।