डडेल्धुरा, २० असोज । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अब देश समृद्धिको बाटो रोज्नु बाहेक अरु विकल्प नभएको बताएका छन् ।
भुसालले तीन ओटै निर्वाचन गरेर देशलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि लैजान संविधान निर्माणका तीन ओटै शक्ति लाग्नुपर्ने बताए । एमाले, काँग्रेस र माओवादी मिलेर संविधानको कार्यान्वयनतर्फ नगई संविधानले निर्दिष्ट गरेका ऐन कानुन कार्यान्वयन गर्न जटिलता उत्पन्न हुने चेतावनी समेत उनले दिए ।
नेकपा एमाले डडेल्धुराको आयोजनामा दशै तथा तिहारको उपलक्ष्यमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न डडेल्धुरा पुगेका उप महासचिव भुसालले आफ्नो पार्टीले जनताका लागि गरेका कामको बारेमा खुला हृदयका साथ गाउँ गाउँमा प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिए ।
उपमहासचिव भुसालले सिंहदरबारमा रहेको बजेटलाई जनताको घरदैलोमा आफ्नो गाउँ आफै बनाऔं भन्ने जस्ता लोकप्रिय कार्यक्रम ल्याएर एमाले जनताको पक्षमा रहेको उदाहरण पेश गरिसकेको बताए । कठिन संघर्षबाट नेपालको शान्ति प्रक्रियालाई पुरा गर्न एमालेले आफ्नो तर्फबाट नेपालका राजनीतिक दलमा सबै भन्दा पटक पटक भुमिका खेलेको बताए ।
देशमा जातिय र क्षेत्रिय एजेन्डा बोकेका राजनीतिक शक्तिहरु समाप्त हुने उनको भनाई छ । अब जस्ले दुर्गम ठाउँमा बस्ने नेपालीहरुको मन जित्छ उही पार्टीलाई जनताले मत दिने भएकाले जनताको लोकप्रिय पार्टी एमाले नै भएको दावी गरे ।
नेकपा एमालेको आठौं राष्ट्रिय महाधिवेशनबाट पारित भएको समृद्धिको नाराले नै देश सबै देशकै नारा भएको बताए । देशमा एमाले बाहेक अरु शक्तिले जनताप्रति जिम्मेवार छ भन्ने उदाहारण पेश गर्न नसकेको कार्यक्रममा बताए । शान्ति समृद्धि ल्याउन एमालेले २०५१ देखि देशको विकासको नारा मात्रै नभई गाउँ केन्द्रित बजेटको मुल फुटाएको बताए ।
एमालेले २०५१ सालमै मन मोहन अधिकारी प्रधानमन्त्री हुँदा भारतसँग १९५० को सन्धी सम्झौतालाई खारेज गर्न भारतमा पहिलो चोटी पहल गरेको स्मरण गर्दै उनले राष्ट्रिय स्वाभिमान झुकाउने कुरामा एमाले कहिले पनि कसैसँग सम्झौता नगर्ने बताए ।
इतिहासमा भारतले पटक पटक नेपाली जनतालाई दुःख दिएको भन्दै उनले भने– ‘२००७ सालतिर भारतका राजदूत नेपालको मन्त्रिमण्डलको बैठकमा बस्ने लगायत चीनकाविरुद्ध नेपाली भुमीमा भारतीय शैनिक बस्ने व्यवस्थासम्मको हस्तक्षेप गरेको थियो । अब त्यस्तो अवस्था एमालेले आउन दिँदैन् ।’
भुसालले सामाजिक, आर्थिक समृद्धिको मुद्दा एमालेले उठाए पनि अब यो मुद्दा समग्र देशको मुद्धा भैसकेको बताए । काँग्रेस माओवादी लगायत शक्तिहरुलाई समाजबाद उन्मुख व्यवस्था सहितको अर्थतन्त्र संविधानमा लेख्न सहमत गराउन एमालेको कारणले सफल भएको बताए । उप महासचिव भुसालले नेपाली राजनीतिको ध्यय भनेको नेपाललाई आर्थिक समृद्धिको बाटोतर्फ अग्रसर गराउनुपर्ने बताए ।
देशमा जबसम्म मधेशका दलित, कर्णालीका, दलितका छोरा छोरीले मज्जाले दालभात तरकारी, मासु, अण्डा, खान पाउदैनन् त्यत्ति बेला सम्म एमालेले आफ्नो संघर्ष जारी राख्ने उनले जानकारी दिए । शान्तिपूर्ण रुपमा जनताको मन जित्ने कुरा एमालेले पटक पटक सरकारबाट गरेका लोक कल्याणकारी बजेटबाट प्रष्ट भैसकेकाले अब एमालेको बहुमत सहितको संसदमा उपस्थिति भए देशमा लोक कल्याणकारी राज्यको जग बस्ने बताए ।












प्रतिक्रिया