काठमाडौं, २० असोज । बुधबार तोलामा ११ सय रुपैयाले घटेको सुनको मूल्यमा आज विहीबार पनि गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेर ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको भाउ पनि बिहीबार १० रुपैयाँले घटेर तोलाको ८ सय २० रुपैयाँमा झरेको छ ।
अन्तर्राष्ट्रिय बजारको प्रभावले नेपालमा मूल्य घटेको महासंघले जनाएको छ ।















प्रतिक्रिया