काठमाडौं, २० असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका बेला गरेको भनिएको २५ बुँदे सम्झौताको विरोधमा मोहन बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)ले विरोध स्वरुप अन्तरक्रिया गर्दैछ ।
काठमाडौंको सम्वाद डबलीमा मध्यान्ह १२ बजेपछि सीपी गजुरेलको नेतृत्वमा रहेको ‘देशभक्त गणतान्त्रिक मोर्चा’ ब्यानरमा २५ बुँदेको विरोध गर्न लागिएको हो ।
कार्यक्रममा नेपाल–भारतवीचको २५ बुँदेले राष्ट्रियतामा पुगाएको असर र भविष्यमा त्यसले पार्ने अप्ठेराका विषयमा पनि छलफल हुनेछ ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न दलका नेताहरूलाई पनि बोलाइएको छ ।
प्रधानमन्त्री दाहालले भ्रमणका बेला भारतसँग गरेको २५ बुँदे सम्झौताको बैद्य माओवादीसहितका दलहरूले विरोध गर्दै आएका छन् ।











प्रतिक्रिया