काठमाडौं, २० असोज । मन्त्रालयका नियमित विषयहरूमा छलफल गर्न मन्त्रिपरिषदको बैठक आज बस्दैछ ।
सिंहदरबारमा बिहान दस बजेपछि बस्ने बैठकमा विभिन्न मन्त्रालयका नियमित विषयहरू पेश हुने बुझिएको छ । स्रोतका अनुसार आजको बैठकमा सांसदहरूको भत्ता वृद्धि गर्ने विषयमा पनि छलफल हुन सक्ने जनाइएको छ ।
दसैँ विदा सुरु हुनुभन्दा एक दिन अगाडि बस्न लागेको मन्त्रिपरिषद बैठकमा चाढपर्वको सुरक्षा, दैनिक उपभोग्य सामाग्रीको आपूर्ति व्यवस्था र अन्य विविध विषयमा पनि छलफल हुन सक्नेछ ।











प्रतिक्रिया