१ कार्तिक २०८३, आइतबार

बलिउड अभिनेत्री उर्वसी रौटेलले यसरी तताइन् ‘भिक्टी लञ्ज’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

urbashi-routelकाठमाडौं । बलिउड अभिनेत्री तथा अन्तर्राष्ट्रिय मोडल उर्वसी रौटेलाले काठमाडौंमा क्याक्टवाक गरेकी छिन् । आर्मी अफिसर्स क्बलमा आयोजित ‘दोस्रो मोडल क्वेस्ट इन्टरनेशल नेपाल–२०१६ मा अभिनेत्री रौटेलाले शोज स्टपरको रुपमा क्याटवाक गरेकी हुन् ।

प्रतियोगिताका २० पुरुष मोडल प्रतियोगी र २१ महिला मोडल प्रतियोगीसँग उनले बिशिष्ट अतिथिको रुपमा क्याटवाक गरेकी थिइन् ।

पहिलो पटक आफू नेपाल आएको र नेपालीबाट धेरै मायाँ पाएको उनले बताइन् । उर्बसीले सो प्रतियोगिताका बिजेताहरूलाई ट्रफी र अवार्ड प्रदान गरिन् ।

उर्वसीसँगै आएका बलिउड गायक अली कुली मिर्जाले दोस्रो मोडल क्वेस्ट इन्टरनेशल नेपाल–२०१६को सो कार्यक्रममा आफ्ना आधा दर्जन गीत प्रस्तुत गरेका थिए । ‘भुरे भुरे हम’सहित आफ्ना चर्चित गीतमा दर्शकलाई नचाए ।

प्रतियोगी राति ११ः४५मा सकिएपछि बलिउड अभिनेत्री उर्वसी र गायक अली दरबारमार्गस्थित भिक्ट्री लञ्जमा अतिथिका रुपमा सहभागी भएका थिए । त्यहाँपनि अलीले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।

भिक्ट्री लञ्जमा उर्वसी र अलीको विशेष प्रस्तुतिले दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएको थियो । भिक्ट्री लञ्ज नेपालकै एक नम्बर डिस्कोमा पर्छ । ‘भिक्ट्रका लञ्ज’का सञ्चालक राम गिरी हुन् । उनले यसलाई अन्तर्राष्ट्रियस्तरको सेवा सुविधाका लागि दिनरात सक्रिय रहेको बताउँछन् ।

‘दोस्रो मोडल क्वेस्ट इन्टरनेशल नेपाल–२०१६ मा महिला मोडलतर्फ आफ्ना २० प्रतिस्पर्धीलाई पछि पार्दै प्रिय लिम्बुले उपाधि जितिन् । प्रतियोगितामा उनले उत्कृष्ट प्रस्तुत दिएर फोटोजेनिक सहित मोडल क्वस्टको उपाधि जितेकी हुन् ।

यस्तै रेजल रोक्कले भिवर्स च्वाईस् र स्टाईलिस्टसहित फस्ट रनरअपको उपाधि प्राप्त गरिन् । सिम्रन पराजुली मल्टिमिडिया अवार्ड सहित सेकेन्ड रनरअप बन्न सफल भइन् ।

यस्तै पुरुष मोडलतर्फ सचिन शाक्यले ‘दोस्रो मोडल क्वेस्ट इन्टरनेशल नेपाल–२०१६’को उपाधि जिते । उनले भिवर्स च्वाईसको अवार्ड पनि जिते । बेस्ट पर्सनालिटी र पर्सनालिटी सहित अनुज मास्के फस्ट रनरअप भए । मिस्टर मल्टिमिडिया सहित इशान बिजु श्रेष्ठ सेकेन्ड रनरअप भए ।

अन्य अवार्डमा पुरुष र मोडल महिलाहरूमा बेस्ट वाकतर्फ एञ्जल श्रेष्ठ र निमेष आचार्य, आरती खड्का र सुरेश खड्काले, कमर्सियल फेशको अवार्ड अञ्जु भण्डारी र मनीष रानाभाटले तिजे । म्यानेजमेन्ट च्वाईस सुप्रिया र दीपेश धिमाल घोषित भए । पब्लिक च्वाइस्को अवार्ड सन्तोष श्रेष्ठ र मिस्टर फोटोजेनिकको अवाड सक्षम शाक्यले जिते ।