१ कार्तिक २०८३, आइतबार

रेखा थापाले विवाहको मिति सार्वजनिक गरिन्, मंसिरमा दोस्रो विहे गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rekha-Thapa-in-US-Glamour-Photo-Shoot-1-1-555x335काठमाडौं । चर्चित नायिका रेखा थापाले आउँदो मंसिरमा नयाँ घरजम गर्ने तयारी गरेको बताएकी छन् ।

आफ्ना एक अन्तर्वार्तामा नायिका थापाले आउने मंसिरमा विहे गर्ने तयारी रहेको बताइन् । तर हुनेवाला पतिको नाम चाहीँ खुलाउन चाहिनन् ।

हुनेवाला पति को त भन्ने पत्रकारको जिज्ञासामा, उनले नाम अहिले नभनौं तर पेशा चाहीँ चलचित्र क्षेत्रको भन्दा बाहिरको हो, विहेपछि थाहा भइहाल्छ नि भनेर बात मारिन् ।

यसअघि नै रेखाले आफूले विगतलाई सम्मान गर्दै अर्को विहे गर्ने तयारीमा रहेको बताइकी थिइन् ।

उनका पूर्वपति छवि ओझाले दशैंको टिकाको साइतमा नवनायिका शिल्पा पोखरेलसँग विहे गर्ने खबर बाहिर आइरहेका बेला रेखा थापाले पनि आफ्नो विहे मंसिरको पहिलो साता हुने खुलासा गरेकी हुन् ।

छविराज ओझासँग आफ्नो विहे नभएको समेत रेखाले दावी गरिन् ।