२ कार्तिक २०८३, सोमबार

एनसेलले श्रेष्ठलाई दियो मोटर साईकल उपहार

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

m-p-med-pvt-ltd

काठमाडौं, १९ असोज । देशको अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत काठमाडौंको ठमेलमा रहेको एमपि मेड प्रा.लिका संचालक प्रेम कृष्ण श्रेष्ठलाई मोटर साईकल उपहार प्रदान गरेको छ ।

एमपि मेड प्रा.लि एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहक सम्म पुर्याउने १०,००० आधिकारिक रिटेलरहरु मध्य एक हो ।

श्रेष्ठलाई एनसेलको बागमति सेल्स टिमले एक कार्यक्रम माझ सो बाइक उपहार प्रदान गरेको थियो । एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानल लोयल्टि’ योजना शुरु गरेको हो । रिटेलरहरुले उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । एमपि मेड प्रा.लि सबभन्दा धेरै बिक्री गर्ने रिटेलरहरु मध्ये एक हो ।

यस अधि यो योजना अन्र्तगत मित्रनगर, नयाँ बसपार्कमा (काडमाडौं) रहेको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुराले मोटर साईकल र दुलेगौडा, तनहुँमा (गण्डकी) रहेको सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज्का संचालक गणेश कुमार श्रेष्ठले स्कुटर उपहार पाएका थिए ।