३० कार्तिक २०८३, सोमबार

जनतासंगको सम्बन्धलाई भुलेर प्रचण्डले भारतीय राजदूतसंग सम्बन्ध जोड्न खोजेः ओली

6.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hemanta-oli

– अमरराज पुन

रुकुम, १९ असोज । नेकपा (माओवादी) का स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ ले कुनैपनि देशको राजनीतिक सत्तालाई ढाल्न सजिलोे हुने कुरा व्यक्त गर्नुभएको छ ।

आज रुकुम सदरमुकाम मुसिकोट खलंगामा पत्रकारहरु संगको भेटघाट कार्यक्रममा बोल्दै नेता सुदर्शनले नेपालको राजनीतिक सत्तामा सहभागी पार्टीहरुले नै आदतको विकास गर्न नसक्दा अहिले देशमा महंगी, भ्रष्टचार र कालोबाजारी बढिरहेको बताउनुभयो ।

अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको पक्षमा कुनै पनि वैज्ञानिक र नयाँ काम नगरेर पुरानै राज्य सत्ताले व्यवस्था गरेको कार्यदिशालाई अंगालेको नेता सुर्दशनले बताउनुभयोे । कार्यकर्ता र जनतासंगको सम्बन्धलाई भूलेर प्रधानमन्त्री प्रचन्डले भारतीय राजदूत तथा अमेरीकी राष्ट्रपतिसंगको सम्बन्धलाई जोड्न खोजेको उहाँको भनाई थियो ।

नेकपा (माओवादी) पार्टीलाई अब माक्सवाद, लेलिनवाद र माओवादको कार्यदिशामा परिवर्तन गर्ने योजनाले नै अबको आफ्नो पार्टी यो देशको विकसित पार्टी बन्ने दाबी नेता सुर्दशनले गर्नुभयो ।

वैज्ञानिक समाजवादका लागि लडिरहेको आफ्नो पार्टीले महिला, किसान, मजदुर, सुकुमबासी र मध्यमवर्गका लागि समेत काम गरिरहेको उहाँले बताउनुभयो ।

वैज्ञानिक संस्कृति र अर्थतन्त्रको विकासमा अग्रगामी परिवर्तन गर्नका निम्ति संधै देश र जनताको पक्षमा नेकपा (माओवादी) लागिरहेको उनको भनाई छ ।

नेता सुर्दशनले नेकपा (माओवादी) नेपाली जनताप्रति जिम्मेवार र उत्तरदायी ढंगले लागिपरेका कारण आफ्नो पार्टी मूर्खहरुको समूह नभई विद्धानको समूहले भरिएको पार्टी भएको बताउनुभएको छ ।