काठमाडौं । मंगलबार (हिजो) असोज १८ गते जन्मदिन मनाएकी अभिनेत्री निशा अधिकारीले आफ्नो नामको पछाडी थरमा मल्ल थपेकी छन् ।
फिल्म ‘रोमियो’मा अनुबन्ध भएर काम गरिरहेकी निशाले जन्मदिनमा आफ्नो नामको पछाडी मल्ल थर थप्दा धेरैलाई कौतुहलता बढेको छ । यो विषयमा निशा निकट पारिवारिक स्रोतका अनुसार उनले आफ्नो आमाको थर मल्ल भएको कारण जन्मदिने आमाको सम्मानमा निशा अधिकारीसँगै मल्ल पनि जोडेको बुझिएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा निशाले मल्ल थप्दै ‘निशा अधिकारी मल्ल’ बनाएकी छन् । बेला बेला विभिन्न घटनाले चर्चामा आइरहने निशा अहिले आफ्नो थरका कारण चर्चामा छिन् । धेरैले उनले विहे गरेको आशंका गरेपनि त्यसो नभएको पुष्टि परिवारले गरेको छ ।
















प्रतिक्रिया