१ कार्तिक २०८३, शनिबार

दसैंको मुखमा सुनको भाउ ह्वात्तै घट्यो

11.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldकाठमाडौं, १९ असोज । नेपालीहरुको ठूलो चाड बडादसैं नजिकिदै गर्दा सुनको भाउमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (आज) सुनको भाउ तोलामा एकैदिन ११ सय रुपैयाँले घटेर ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

दसैं लागेसँगै आरोलो लागेको सुन मंगलबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यमा गिरावट आएकाले नेपालमा पनि सस्तो भएको महासंघले जनाएको छ । चाँदी पनि बुधबार तोलाको ३० रुपैयाँ घटेर ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।