काठमाडौं, १९ असोज । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानलाई निष्प्रभावी बनाउने षड्यन्त्र सूरू भैसकेको बताउनुभएको छ ।
संवैधानिक प्रावधान अनुरूप गर्नुपर्ने निर्वाचन हुन नदिने खेल प्रारम्भ भैसकेको बताउँदैं पोखरेलले राजनीतिमा पुनः गैरदलीय पात्रहरू खडा गर्ने षड्यन्त्र हुन थालेको दावी गर्नुभयो ।
विजया दशमी, दिपावली, नेपाल सम्वत, छठ तथा लोसारको उपलक्ष्यमा काठमाडौं–५ मा आफैले आयोजना गर्नुभएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले संविधान कार्यन्वनका हुन नदिन अहिलेपनि राजनीतिक धम्कीपूर्ण ऐलान दिनेक्रम जारी रहेको बताउनुभयो । उहाँले त्यस्तो शक्ति विगतमा संविधान जारी गर्ने नदिने सक्रिय भैरहेको दावी गर्नुभयो ।
राजनीतिक पार्टी निष्प्रभावी भए दलन मलन गर्ने सकियोस भनेर नै त्यस्तो तानावाना बुन्दै गरिएको महासचिव पोखरेलको दावी छ । ‘त्यसखालको षयड्न्त्रमा को–को कठपुतली हुन सक्छन ? कुन कुन पार्टीका को–को नेताहरु कठपुतली हुन सक्छन ? त्यस अनुरुप षड्यन्त्रका अनेक खाले योजना अभ्यासहरु सूरू भैरहेका छन’– महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले संवैधानिक रिक्तता खडा गरेर नयाँ खिलराजहरू जन्माउने खेलको आरम्भ पनि सँगसँगै भैसकेको दावी गर्नुभयो । महासचिव पोखरेलले त्यस्तो पात्र राजनीतिक रंग पोतिएको पनि हुन सक्ने खतरा औल्याउनुभयो ।
‘मैले खिलराज रेग्मी जिको कुनै वद्ख्वाई गरेको होइन, राजनीतिक पार्टीहरु हुँदाहुँदै उनीहरुलाई पन्छाएर नयाँ खिलराजको खोजी गर्ने योजना छ ।’–महासचिव पोखरेलले भन्नुभयो–‘नयाँ खिलराजको खोजी गरिरहँदा अलि–अलि राजनीतिक रंग पोतिएको हुन सक्छ वा बाहुवली खिलराज पनि हुन सक्छ ।’
पोखरलले अहिले नेपाली जनतामाथि फेरी एउटा अर्का छुट्टै नाटक मञ्चनको तयारी गर्नलाई जोरजाम सुरु भैसकेको भन्दै त्यसलाई एमालेले परास्त गर्ने बताउनुभयो । सविधानको किटानी व्यवस्था अनूरुप स्थानिय, प्रदेश र केन्द्रीय निर्वाचन हुनुपर्ने आफ्नो पार्टीको स्पष्ट रोडम्याप रहेको बताउँदै त्यस अनुरुप तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
संविधान निष्प्रभावी भए नेपाली जनतामाथि दुर्भाग्यको सिलसिला सूरु हुने बताउँदै महासचिव पोखरेलले तिन ओटा निर्वाचन सम्पन्न भएपछि मात्रै मुलुक संविधान कार्यन्वयन गर्ने सामान्य प्रक्रियाबाट अघि बढ्न सक्ने बताउनुभयो ।
सत्ताको नजिक पुगेका केहीले मुलुकलाई मधेसी राष्ट्र र पहाडि राष्ट्र हो भनेर वकालत गर्ने थालेको बताउँदैं महासचिव पोखरेलले नेपाल कहिल्यै पनि बहुराष्ट्रिय राज्य नभएको स्पष्ट पार्नुभयो । उहाँले यस्तो गलत कुरा नगर्न चेतावनी दिनुभयो ।











प्रतिक्रिया