१ कार्तिक २०८३, आइतबार

चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कारको घोषणा

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nobel_medalस्टकहोम, १८ असोज । चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा सँगसँगै सोमबार विज्ञान, शान्ति, साहित्यजस्ता अन्य बिधाका लागि पनि यस वर्षको नोबेल पुरस्कार विजेताको नाम घोषणा सत्र सुरु भएको छ ।

आगामी दश दिन भित्रसम्म यस घोषणा सत्र समापन भई सक्ने पनि पुरस्कार निर्णायक समिति (ज्युरी) ले जनाएको छ ।

यस वर्षको चिकित्सा शास्त्रतर्फको पुरस्कार जापानका वैज्ञानिक योशिनोरी ओशुमिलाई प्रदान गरिने घोषणा गरिएको छ ।

मानव शरीरका कोष (सेल) हरू एकले अर्कोलाई आहारा बनाउँदै आफ्नो कोष आफैँ खान्छन् ।

यस प्रकारको स्वचालित प्रक्रियालाई “अटोफेगी” भनिने र यस प्रक्रिया सञ्चालित हँुदा बीचमा कुनै गडबडी वा अवरोध उत्पन्न भएमा मानव शरीरमा पार्किन्सन्स र मधुमेह जस्ता रोग लाग्न सक्छ भन्ने जापानी वैज्ञानिक योशिनोरीको अनुसन्धान कार्यलाई निर्णायक समितिले सर्वाेत्कृष्ट ठह-याई भौतिक शास्त्र तथा चिकित्सातर्फको पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।

स्विडेनको सार्वजनिक रेडियो एसआरले जनाए अनुसार भौतिक शास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार सम्भवतः तीनजना अमेरिकी बैज्ञानिकहरू : ग्रेग सेमेन्जा, विलियम काएलिन र पिटर राट्क्लीफलाई संयुक्त रूपमा प्रदान गरिने बलिष्ठ अड्कलबाजी गरिएको छ ।

उहाँहरूको संयुक्त अनुसन्धानले मानवजाति तथा जनावरहरूको शारीरिक कोषले शरीरलाई अक्सिजनको मात्रा पर्याप्त नभएको वा कम भएको भन्ने थाहा पाउने वा चेतना जगाउने ‘हिपोक्सिया’ प्रक्रियामा सक्रिय रूपले भाग लिन्छन् भन्ने तथ्य पत्ता लगाएको थियो ।

शारीरिक कोषहरूले यसरी सक्रिय रूपले भाग लिने प्रक्रियालाई ‘मोलिक्युलर मेकानिजम्’ भन्ने नाम दिइएको छ । – एएफपी