१ कार्तिक २०८३, आइतबार

भारतमा आतंकवादी आइएसका कार्यकर्ता पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ladaku-IsI

काठमाडौं, १७ असोज । भारत र पाकिस्तानबीच तनाव चर्किएकाबेला विश्वकै खतरनाक आतंकवादी संगठन आइएसका कार्यकर्ता पक्राउ परेका छन् ।

भारत र पाकिस्तानबीच तनाव चर्किएकै बेला भारतको केरलाबाट ६ जना आइएसका कार्यकर्ता पक्राउ परेपछि भारतमा खैलाबैला मच्चिएको छ ।

यसअघि नै भारतविरुद्ध युद्धको घोषणा गरिसकेका आइएस कार्यकर्ता ठिक पाकिस्तानसँग युद्धको अवस्था देखिएकै बेला पक्राउ परेपछि भारतमा सुरक्षा सतर्कता कडा बनाइएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही समय अघि आइएसले आफ्नो पुस्तक ‘फ्युचर इस्लामिक स्टेट ब्याटल्स’मा भारतविरुद्ध युद्धको घोषणा गरेको थियो ।

आतंकवादी संगठन आइएसले भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको नाम लिएर हिन्दू राष्ट्रवादीलाई तह लगाउने चेतावनी दिएका थिए । मोदीलाई आइएसका शत्रु घोषणा गर्दै मोदीले हतियारको पूजा गर्ने र आफ्ना मान्छेलाई मुश्लिमविरुद्ध लड्न उक्साउने आरोप लगाएको थियो ।