२ कार्तिक २०८३, सोमबार

कतार एयरवेज टीटीजी ट्राभल हल अफ फेमद्वारा सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

quater-airways-awardकाठमाडौं, १७ असोज । टीटीजी ट्राभल अवार्ड्सले यसबर्षपनि सर्वोत्कृष्ट मिडल ईष्टर्न एयरलाइनका रुपमा कतार एयरवेजलाई हल अफ फेमद्वारा सम्मानित गरेको छ ।

कतार एयरवेजले यो सम्मान यस पटकपनि गरी लगातार एघारौँ पटक हात पारेको हो । सम्मान सँगै कतार एयरवेज बेष्ट इन क्लास हस्पिटालिटी र उपभोक्ता सन्तुष्टि प्रतिको दृढ संकल्पका लागि सम्मानित हुने पहिलो मिडल ईष्टर्न क्यारियर बनेको छ । यससँगै कतार एयरवेज एसियाकै सर्वाधिक लोकप्रिय तथा सम्मानित ब्राण्ड्स मध्यको एकका रुपमा स्थापित समेत भएको छ ।

टीटीजी ट्राभल हल अफ फेमले ट्राभल उद्योगकै उत्कृष्टको सेवा प्रदायकको प्रतिनिधित्व गर्दछ । टीटीजीको हल अफ फेमको कुलीन सर्कलमा सम्मिलित हुनका लागि लगातार १० बर्षसम्म सोही टीटीजी ट्राभल अवार्डबाट सम्मानित हुनुपर्ने मापदण्डका रुपमा रहेको छ ।

“टीटीजी हल अफ फेममा सम्मिलित हुँदै अवार्ड जित्ने अवसर प्राप्त भएकोमा हामी निकै गौरवान्वित छौँ”, कतार एयरवेजका ग्रुप चिफ एक्जेक्यूटिभ महामहिम अक्बर अल बाकरले भने “यसले आफ्ना उपभोक्तालाई निरन्तर गुणस्तरिय सेवा प्रदान गर्ने हाम्रो दसकौँको अथक प्रयासको सम्मान गरेको हामीले अनुभव गरेका छौँ ।” सम्मानले आफ्नो सेवालाई यात्रीहरुको आवश्यकता र माग अनुरुप थप परिस्कृत, उत्कृष्ट तथा गुणस्तरिय बनाउन प्रेरणा मिलेको उनले बताए ।

कतार एयरवेजले बृहत बृद्धि हात पारिरहेको अवस्थामा यो सम्मान हात पारेको हो । हरेक १५ दिनमा नयाँ विमान थप्दै गरेको कतार एयरवेज विश्वसञ्जालमा उडान गनतब्य थपेर उपभोक्तालाई अझ बृहत सेवा प्रदान गर्न निरन्तर प्रयासरत रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका नयाँ गनतब्यका रुपमा पिसा, हेलसिन्की, माराकेचका साथै सिड्नी, एट्लान्टा, बोस्टन र लस एन्जिलिस लगायत प्रमुख शहरहरु रहेका छन् । एसियाली बजारमा कतार एयरवेजको बढ्दो उपस्थितीलाई दृष्टिगत गर्दै एसिया प्यासेफिक आधारित यात्रुहरुले यी गन्तब्यमा थप अनुकूल फ्लाइट सेडुअलको अपेक्षा गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

कतार एयरवेजका वरिष्ठ उपाध्यक्ष एसिया प्यासेफिक मारवान कोलेइलाटले कतार एयरवेजको तर्फबाट सम्मान ग्रहण गरेका हुन् । सम्मान ग्रहण गर्दै मारवानले उपाधीले कम्पनीको पछिल्लो दसकमा गरेका अथक मिहेनतको प्रतिनिधित्व गरेको बताए । सम्मानले आफ्नो ब्राण्डको “गोइङ प्लेसेस टूगेदर” भन्ने बाचा पुरा गर्न थप हौसला प्राप्त भएको उनले जानकारी दिए ।

निकट भविष्यमा आफ्नो २० औँ बार्षिकोत्सव मनाउने तयारीमा रहेको कतार एयरवेज उड्ययन उद्योगकै बृहत्तर सफलताको कथाका रुपमा स्थापित भएको छ । विश्वकै सर्वाधिक नयाँ विमानहरु सञ्चालन गरिरहेको कतार एयरवेज सर्वाधिक तिब्र गतिमा बृद्धि हासिल गरिरहेको एयरलाइनका रुपमा रहेको छ । सन् २०१५ डिसेम्बरमा कतार एयरवेजले “गोइङ प्लेसेस टूगेदर”का रुपमा आफ्नो ब्राण्ड क्याम्पेन सञ्चालन गरेको थियो । समकालिन र नविन कम्पनीका रुपमा कम्पनीको मूल मान्यता स्थापित गर्दै यात्रुहरुलाई आफ्नो सपना र लक्ष्य प्राप्तिका लागि यात्रा गर्न प्रेरित गर्नु कम्पनीको उद्देश्य हो ।

टीटीजी ट्राभल अवार्ड्स क्षेत्रकै सर्वाधिक सम्मानित बार्षिक ट्राभल ईन्डष्ट्रि अवार्डका रुपमा परिचित छ । टीटीजी एसियाका पाठक तथा ट्राभल उद्योगमा कार्यरत मानिसले दिने भोटका आधारमा यसले संस्थाको योगदान र उपलब्धीका लागि सम्मान गर्छ ।