काठमार्डौं, १७ असोज । सन २००९ मा लन्डनको (sunderland university) मा बिए अध्ययनको लागि नेपालबाट गएकी तनहु ब्यास नगरपालिका २ निवासी रुबिना खान हाल सक्रिय राजनीति गर्ने उद्देश्यले नेपाल फर्केकी छन् ।
उनी पूर्बप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टीमा लाग्ने आफ्नो श्रीमानको सपना रहेकाले आफू नयाँ शक्तिमा प्रबेश गरेको बताइन् । करिब ६ बर्ष लन्डनमा बसेर आफ्नो अध्यन सकेर नेपाल फर्केकी रुबिना एकल महिला र एक छोराकी आमा पनि हुन् ।
लन्डनबाट सन २०१३ मा नेपाल घुम्नका लागि दम्पती नेपाल आएको बेला सवारी दुर्घटनामा उनले आफ्नो श्रीमान गुमाएकी थिइन् । श्रीमान गुमाएपछि उनलाई स्याङ्जा निवासी ससुरा सासुले ‘मेरो छोरा खाइ’ भन्दै घरबाट निकालेका थिए । परिवारको दुर्व्यवहारपछि माइतीको शरणमा पुगेकी रुबिना हाल एक मन्टेश्वरी स्कुलमा प्राध्यापक छिन ।
सासु ससुराले पनि घरबाट निकालेपछि लन्डन छाडि माइत बसेकी रुबिनालार्इ आफ्नो श्रीमानले हकअधिकारको निमित्त लड्ने इमान्दार र बिकासबादी नेताको रुपमा बाबुरामलार्इ मानेको र लन्डनबाट नेपाल फर्किएकी बाबुरामको पार्टीमा लाग्ने श्रीमानको सपना पूरा गर्न उनी राजनीतिमा लागेकी हुन् ।
आफूलार्इ पनि बाबुराम मनपर्ने र एकल महिलालार्इ समाजमा हेर्ने दृष्किोणबिरुद्ध राजनीतिमा लाग्न लागेको उनले बताइन् । ‘बाबुराम जीको अभियानलार्इ मैले आफ्नो क्षमता अनुसार सहयोग गर्छु र राजनीतिक करियर अगाडि बढाउँछु,’ उनले भनिन् ।












प्रतिक्रिया