२ कार्तिक २०८३, सोमबार

जतिको मोबाइल रिचार्ज त्यति नै क्यास ब्याक दिने नेपाली एप्स सार्वजनिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

reecharger-logoकाठमाडौं, १७ असोज । दशैं तिहारको अबसर पारी ग्लोबल की टेक्नोलोजी प्रालिले मोबाइल रिचार्ज गर्दा रिचार्ज बराबर नै क्यास ब्याक दिने नयाँ मोबाइल एप्स Reecharger सोमबार नेपाली बजारमा सार्बजनिक गरेको छ ।

एप्स प्रयोगकर्ताले एनटिसी अथवा एनसेल मोबाइल रिचार्ज गर्दा सोही रकम बराबरको क्यास ब्याक प्राप्त गर्नेछन् । यसरी जम्मा भएको क्यास ब्याक रकम अनलाइन सपिङ गर्दा, फिल्म हेर्दा, रेष्टुरेन्टमा खाँदा, फ्लाइट बुक गर्दा तथा एप्सले उपलब्ध गराउने अन्य सेवाहरुमा खर्च गर्न सकिने छ । यो एप्स एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्लेस्टोरबाट र IOS प्रयोगकर्ताले एपस्टोरबाट Reecharger टाइप गरि निःशुल्क डाउनलोड गर्न सक्नेछन ।

यो एप्स १०० भन्दा बढी आधिकारिक फेसबुक र इन्स्टाग्राम सपिङ पेजहरुको छुट्टै सपिङ हब हो । एन्ड्रोइड फोन प्रयोगकर्ताहरुले जुनसुकै स्रोतबाट मोबाइल रिचार्ज गरेपनि बिना इन्टरनेट क्यासब्याक प्राप्त गर्न सकिने यो एप्स स्मार्टफोन प्रयोगकर्ताहरुलाई लक्षित गरि ल्याइएको ग्लोबल की टेक्नोलोजी प्रालिका प्रेशिडेन्ट अलाइभ ग्लाइडरले जानकारी दिनुभयो ।

उहाँले एप्स मार्फत अनलाइनमा खरिद गरिएको सामानको डेलिभरी घरमै गर्ने ब्यबस्था मिलाइएको समेत बताउनुभयो ।

यो एप्समार्फत अनलाइन मोबाइल रिचार्ज, अफलाइन डाटाप्याक खरिद, सुनचाँदीको मुल्य, बिनिमयदर, सेयर बजार तथा बजारमा आएका नयाँ नयाँ फेसन ब्राण्डहरुको बारेमा जानकारी पाइने सुबिधा रहेको कम्पनीका प्रबन्ध निर्देशक टिकाराम बुढाथोकीले जानकारी दिनुभयो ।

सोसियल सपिङको अवधारणामा यो एप्स सार्वजनिक गरेको ग्लोबल कि टेक्नोलोजी प्रालिका बजार प्रबन्धक कृष्ण रोक्काले बताउनुभयो ।