१ कार्तिक २०८३, आइतबार

मोदीलाई गाली लेखेको पत्र बोकेर आएको पाकिस्तानको जासुसी परेवा भारतमा पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parewa

काठमाडौं, १७ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली लेखेको पत्र बोकेर भारत छिरेको पाकिस्तानी परेवालाई भारतीय सीमा सुरक्षा गार्डले पक्राउ गरेका छन् ।

खैरो रङको परेवाको खुट्टामा उर्दु भाषामा लेखिएको र मोदीलाई गाली गरिएको पत्र बोकेको परेवालाई आइतबार सिम्बाल पोस्ट नजिकैबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

परेवाले बोकेको उक्त पत्रमा लेखिएको छ- ‘मोदी जी हामीलाई सन् १९७१ मा पाकिस्तान भारतबीच भएको युद्धका जस्ता नागरिक सोच्ने भुल नगर, अहिले पाकिस्तानका प्रत्येक बच्चा समेत भारतसँग लड्न तयार छन् ।’

उक्त परेवा सम्बन्धी थप अनुसन्धान भइरहेको भारतीय पत्रिका द टाइम्सले जनाएको छ ।

आइतबार नै सोही पोस्ट नजिकै मोदीलाई धम्की दिएको भाषा प्रयोग भएका दुईवटा बेलुन फेला परेका थिए ।