२ कार्तिक २०८३, सोमबार

कालोबजारी गर्नेलाई २० वर्ष कैद : मन्त्री बोहरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepak-boharaकाठमाडौं, १७ असोज । आपूर्तिमन्त्री दीपक बोहराले सरकारले बजार व्यवस्थापन, अखाद्य वस्तु विक्री वितरण रोक गर्ने, अनियमितता र कालोबजारी गर्नेहरूलाई कडा कारवाही गर्ने गरि नयाँ कानुन ल्याउने तयारी गरेको बताउनु भएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री बोहराले बजारमा अनियमितता गर्ने र लाभको लागि अखाद्य वस्तु बेच्ने र उपभोक्ताको जीवनमा खेलबाड गर्नेहरुलाई आर्थिक दण्ड गर्ने र ५ देखि २० वर्षसम्म जेल चलान गर्नेसम्मको नयाँ कानुन ल्याउने तयारी गरेको बताउनुभयो ।

मन्त्री बोहराले भन्नु, ‘अहिलेको कानून संशोधन गर्ने बाटोमा हामी गैसकेका छौं, छिट्टै नयाँ काूनन संसदमा पेश गर्छौं ।’ उहाँले कालबजारी ऐनलाई समेत कडा तथा धारिलो बनाउने समेत सरकारले तयारी गरेको बताउनुभयो ।

उहाँले महँगीविनाको दशैं बनाउनेगरि सरकारले बजार अनुगमनलाई तिव्रता दिएको समेत बताउनुभयो । मन्त्री बोहराले भन्नुभयो, ‘अहिले हामीले विभिन्न दश वटा निकायमार्फत बजार अनुगमन गरिरहेका छौं, जनताले राम्रो र सहुलियतमा सामान पाउनुपर्छ ।’