१ कार्तिक २०८३, आइतबार

काश्मिरको भारतीय सैनिक क्याम्पमा फेरि हमला, सैनिक कमाण्डर मारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian-army-kashmir

काठमाडौं, १७ असोज । भारत प्रशासित काश्मिरको रहेको एक भारतीय सैनिक क्याम्पमा सोमबार विहान आतंकवादी हमला भएको छ ।

४६ राष्ट्रिय राइफल्सको क्याम्पमा भएको हमलामा भारतीय अर्धसैन्य सुरक्षा बल (बिएसएभ)का एक सैनिक अधिकृत (कमाण्डर) मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो पुष्टि भारतीय प्रहरीले पनि गरेको छ ।

घटनामा घाइते अन्य तीन सैनिकमध्ये एकको पनि मृत्यु भएको र मर्ने सैनिकको संख्या दुई पुगेको भारतीय प्रहरीका सिनियर सुपरीटेन्डेन्ट इम्तियाज अहमदले बताए ।

उनका अनुसार आतंकवादीले ग्रिनेट र स्वचालित हतियार फालेका थिए । जसका कारण क्याम्पमा लागेको आगो नियन्त्रणमा लिइसकिएको छ ।

आक्रमण गरिएको क्षेत्र कास्मिरस्थित बारामुल्ला सहरबाट ५४ किलोमिटर टाढा पर्छ । रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरी क्याम्पमा आतंकवादी हमला भएको जनाएको छ ।

यसअघि भारत प्रशासित काश्मिरकै उरीमा रहेको भारतीय सैनिक क्याम्पमा आतंकवादी हमला हुँदा १८ जना भारतीय सैनिक मारिएका थिए ।