१ कार्तिक २०८३, आइतबार

बुहारीले अंश मागिन्, जेठाजुले मृत्यु दिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Womenबर्दिया, १६ असोज । जेठाजुले हानेको ढुङ्गा प्रहारबाट भाइबुहारीको मृत्यु भएको छ ।

बर्दिया पाताभार गाविस-८ बस्ने अन्दाजी ५५ वर्षीय जवालसिंह ढकालले हानेको ढुङ्गाबाट बुहारी मनसरा ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति अंशबन्डा तथा घरायसी झै-झगडा हुँदा मादकपदार्थ सेवन गरेका ढकालले गरेको ढुङ्गा प्रहारबाट आफ्नै बुहारीको टाउकामा गरी गम्भीर चोट लागेको थियो ।

घाइते भएकी बुहारी मनसराको उपचारका क्रममा नर्सिङहोम नेपालगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

घटनापछि फरार रहेका जवालसिंह ढकाललाई राति नै कैलाली टीकापुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।