काठमाडौं, १७ असोज । सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले तराई मधेस लोकतान्त्रिक पार्टीसँग तत्काल पार्टी एकता गर्ने भन्ने विषयमा आफूलाई कुनै जानकारी नरहेको बताउनुभएको छ ।
दैनिक नेपालसँगको कुराकानीका क्रममा महासचिव सुमनले भन्नुभयो, ‘तराई मधेस लोकतान्त्रिक पार्टीसँग पार्टी एकता हुन लाग्यो भनेर सोही पार्टीका केही जिम्मेवार नेताहरूले भनेको समाचारमा पढे । तर अहिलेसम्म पार्टी एकता गर्ने विषयमा कुनै पनि औपचारिक वा अनौपचारिक कुराकानी भएको मलाई थाहा छैन ।’
उहाँले भविष्यमा दुई पार्टीवीच एकता भयो भने अनौठो विषय नहुने भन्दै तत्कालका लागि भने पार्टी एकता सम्भव नरहेको उल्लेख गर्नुभयो ।
तमलोपाका नेताहरूले सद्भावना पार्टीसँग छिट्टै पार्टी एकीकरण हुन लागेको भनेर अभिव्यक्ति दिइरहेका बेला महासचिव सुमनले भने त्यसको खण्डन गर्नुभएको छ ।











प्रतिक्रिया