१ कार्तिक २०८३, आइतबार

फिलिपिन्सका राष्ट्रपतिद्वारा क्षमायाचना

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mayor-rodrigo-duterte-vacc-anniversary-20150703-007मनिला, १७ असोज । हिटलरले यहुदीहरुलाई मूला काटेझैँ आफ्ना मुलुकका लागु पदार्थका दुव्र्यसनी र कारोबारीहरुलाई काटिदिने भनी केही दिनअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले दिनु भएको अभिव्यक्ति उपर आइतबार यहुदी समूदायसँग क्षमा याचना गर्नुभएको छ ।

ऐतिहासिक कालमा फ्रान्सका एडोल्फ हिटलरलाई युरोपभरी सैन्यबल र पराक्रममा कसैले जित्न नसकेका कारण उनको घमण्ड र अत्याचार बढ्दै गई उनीदेखि जो पनि भयभीत हुन्थे ।

आफूसँग मतभेद हुने वा आफ्नो विरोध गर्नेलाई दायाँबायाँ केही पनि विचार नगरी उनी ठाडै मृत्युदण्ड दिने गर्दथे । यसै क्रममा, हिटलरले करिब साठ्ठी लाख यहुदीहरुको आमहत्या गरेको तथ्य पनि इतिहासका पानामा “होलोकोस्ट आमहत्या“ को नाममा परचित छ ।

आफ्ना मुलुकका लागुपदार्थका दुव्र्यसनी र कारोबारीहरुसँग आक्रोशित भै केही दिनअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले मविलाको एउटा स्थानीय सभामा हिटलरले यहुदीहरुलाई मूला काटेझैँ लागु पदार्थका दुव्र्यसनी र कारोबारीहरुलाई काटिदिन पाए आफ्नो मन शीतल हुने भनी अभिव्यक्ति दिनुभएको थियो ।

उहाँको यस अभिव्यक्तिले विश्वभरीका यहुदीहरुमाझ वलिष्ठ नकारात्मक सन्देश फैलन गई तत्कालै एक किसिमको हलचल र आक्रोश उत्पन्न भएको थियो ।

यसैलाई सम्बोधन गर्दै राष्ट्रपति रोड्रिगोले मध्य फिलिपिन्सको महानगर बाकोलोडमा आयोजित एउटा पर्वोत्सवको उद्घाटन समारोहमा “मेरो उक्त अभिव्यक्तिले होेलोकोस्ट आमहत्याको संस्मरण गराओस् भन्ने कदापि आशय नभएको र यहुदी समुदायमाझ सो भनाइले चोट पुग्न गएको भए म गहिरो क्षमा याचना गर्दछु” भनी आत्मालोचना गर्नुभएको छ ।

साथै, उहाँले साठ्ठी लाख यहूदिहरुको हत्या भएको क्रूर ऐतिहासिक घटनालाई स्मरण गर्ने आफ्नो उद्देश्य कदापि नरहेको, विश्वका यहुदी समुदायसँग आफ्नो कुनै रिस राग नरहेको तथा उनीहरुलाई चुनौती दिने मनसाय पनि नभएको प्रष्ट पार्नुभएको छ ।

यसै क्रममा, केही दिन अघि अमेरिका तथा अन्य राष्ट्रको आलोचना गरेको आफनो अभिव्यक्तिलाई पुनर्कथन गर्नुहुँदै फिलिपिन्समा सञ्चालित लागु पदार्थ विरुद्धको आन्दोलनमा अमेरिका तथा अन्य राष्ट्रको नैतिक समर्थन नपाएको गुनासो गर्नुभयो ।

फिलिपिन्समा राष्ट्रपति द्वारासञ्चालित लागुपदार्थ विरुद्धको अभियानको सिलसिलामा केही ब्यक्तिलाई मृत्युदण्ड दिइएकोमा “राज्यद्वारा गैह«न्यायिक हत्या भएको” भन्ने आरोप लगाइएको थियो । –सिन्ह्वा