१ कार्तिक २०८३, आइतबार

बुर्तिबाङ जाँदै गरेको रात्रि बस एकाबिहानै याम्दामा दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus-accident-baglungपोखरा, १७ असोज । पोखरा–बागलुङ राजमार्ग अन्तर्गत कास्कीको याम्दामा रात्री बस दुर्घटना भएको छ ।

काठमाडौंबाट बागलुङको बुर्तिबाङ जाँदै गरेको बस सोमबार बिहान करिव ५ः५० बजे दुर्घटनामा परेको हो ।

ग१ख ६१६९ नम्बरको बस याम्दी पुल नजिकै सडकबाट केही तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका यात्रुहरूको उद्धार भइरहेको छ । दुर्घटनासम्बन्धी बिस्तृत विवरण आउन बाँकी छ । (तस्बिर र समाचार सौजन्य समुन्द्र पौडेल)