१ कार्तिक २०८३, आइतबार

गायक मोक्तानले बल्ल पूरा गरे आफ्नो बाचा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

heman-moktanकाठमाडौं । गायक हेमन मोक्तानले आफ्नो दोस्रो एल्बम फर्माइस बिमोचन गर्ने बेलामा गरेको बाचा पूरा गरेका छन् ।

उनले कतारमा एक महिने कन्सर्ट गर्ने र त्यसबाट संकलित भएको रकम एचआईभी पीडित बालबालिकालाई हस्तान्तरण गर्ने बताए अनुरुप नै आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको हातबाट रु ४ लाख १६ हजार ७५ रुपैया बेबी लाईफ होमलाई हस्तान्तरण गरेको हो । जहाँ २४ जना एचआईभी पीडित बालबालिका अध्यन गरिरहेका छन् ।

‘सामान्य स्कुलमा भर्ना समेत नलिने यी बालबालिकाको अवस्थाले जसको पनि मन छुन्छ यसैले यिनको शिक्षा र स्वास्थ्यको कोष स्थापनार्थ यो सहयोग गरेको हु’ हेमनले सहयोगी भावमा बताए । आफ्नै नाममा हेमन मोक्तान फाउन्डेसनको स्थापना गर्दै सोहि फाउन्डेसनमार्फत उनले चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा हेमनको यो प्रयासलाई प्रमुख अतिथि माधवकुमार नेपालले तारिफ गरेका थिए ।

‘युवाले चाहनु पर्छ सहयोग भनेको सानो ठूलो हुदैन र हेमनको सुरुवात राम्रो छ, यसले निरन्तरता पाओस’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘हामीले पहाड चढ्दा माथि हैन तल हेर्नु पर्छ नि थाहा हुन्छ कति माथि छौ त्यसैले हेमन जी अगाडि बढ्नुस, तपाइको पाइला सफलता तीर लम्किदै छ ।’

यसरी नेपालले हेमनको पहिलो प्रयासको तारिफ मात्र गरेनन् अगाडि बढ्नको हौसला थप्दै सहयोग गर्ने वाचा समेत गरेका थिए ।

सोहि अवसरमा गायक मोक्तानले आगामी दिनमा हेमन मोक्तान फाउन्डेसनमार्फत बालबालिकालाई अगाडि बढाउदै आफ्नो सांगीतिक यात्रालाई पनि निरन्तरता दिने बताए ।