३० कार्तिक २०८३, सोमबार

काठमाडौंमा पूर्वराजाले यसरी देखाए शक्ति, जयजयकारले खन्कियो बसन्तपुर(तस्बिरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gyanendra-shaha-5काठमाडौं, १६ असोज । पूर्व राजा ज्ञानेन्द्र शाहले काठमाडौंको बसन्तपुरमा श्री पचली भैरवनाथको घ्याम्पोमा स्वर्ण जलपबाट निर्मित मूर्तिको स्थापना गर्नुका साथै विभिन्न पीठहरूमा पूजाअर्चना गर्नुभएको छ ।

आइतबार बिहान पुग्नु भएको पूर्व राजा शाहले बसन्तपुरस्थित प्रसिद्ध मरू गणेश, भीमसेनस्थानका साथै श्री पचली भैरवनाथको घ्याम्पोमा स्वर्ण जलपबाट निर्मित मूर्तिको प्राणप्रतिष्ठा र संकल्प विषेश पूजा गर्नुभएको हो ।

मल्लकालीन थकुचोकमा स्थानीय जात्रा आयोजकको विषेश निमन्त्रणामा पुगेका पूर्व राजा शाहले मरू गणेश, भीमसेन मन्दिर र पचली भैरवनाथमा करीब दुई घण्टा बिताएका थिए । पूर्व राजा शाहले परम्परागत विधिअनुसार पूजाअर्चना गरेको स्थानीयले बताएका छन् ।

काठमाडौंको स्थानीय झाँकी सगुन र परम्परागत मौलिक पोषाकमा सजिएका हज्जारौं स्थानीयले पूर्व राजाका पक्षमा नारावाजी गर्नुका साथै भव्य स्वागत गरेका थिए । केही समय बसन्तपुर पूर्व राजा शाहको पक्षमा जयजयकारले खन्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

जीर्ण अवस्थामा रहेको श्री पचली भैरवनाथको नव निर्मित मूर्ति निर्माण गर्न र जात्रा संचालनका लागि पूर्व राजा शाहले नेपाली मौलिक धर्म संस्कृति जात्राको संरक्षणमा सहयोग समेत गरेका छन् । (तस्बिर सौजन्य : राजा आउन देशबचाउबाट)

gyanendra-shaha-2 gyanendra_gd7kcd1yue gyanendra-shaha-5 gyanendra-shaha-1 gyanendra-shaha-4 gyanendra-shaha gyanendra-shaha-9 gyanendra-shaha-8 gyanendra-shaha-7 gyanendra-shaha-6