३० कार्तिक २०८३, सोमबार

‘ढुक्क हुनुहोस् दसैँमा घर जान समस्या हुँदैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramesh-lekha-jiकाठमाडौं, १६ असोज । भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले वीपी राजमार्गमा ठूला सवारी चलाउने निर्णय नभएको स्पष्ट पारेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री लेखकले वीपी राजमार्गमा ठूला सवारी चलाउन रुटपरमिट सरकारले नदिएको बताएका हुन् ।

उनले भने, ‘वीपी राजमार्गमा अहिले १८ सिट क्षमता भएका माईक्रो तथा हाईस मात्रै चल्ने गर्छन्, सरकारले ठूला सवारीलाई पनि रुटपरमिट दियो भन्ने हल्ला, आंशकाहरु बजारमा आएका छन्, यसमा कुनै सत्यता छैन ।’ उनले प्राविधिक समितिले भने यसबारेमा सरकालाई केही सुझावहरु भने अघि सारेको बताए ।

मन्त्री लेखकले दशैंतिहारलाई लक्षित गरेर सरकारले सवारीहरूको उचित व्यवस्था, यात्रुवाहक बसहरु बढिभन्दा बढि थप्ने लगायतको सम्पूर्ण व्यवस्था गरिसकेको उल्लेख गर्दै भने, ‘सरकारले काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारीहरुको उचित व्यवस्था लगायत आवश्यक पहल र प्रयत्न गरिसकेको छ, सरल र सुगम तरिकाले सवारीसाधनको व्यवस्था हुँदैछ, कोहीपनि यात्रुहरुले चिन्ता गर्नुपर्दैन् ।’

उनले यातायात व्यवसायीहरुले समेत दशैंतिहारमा उपत्यकाबाट गन्तब्यसम्म जान यात्रुहरुलाई सवारीको कुनै कमी हुन नदिने प्रतिबद्धता सरकारसँग व्यक्त गरिसकेकोले यात्रुहरूले चिन्ता गर्नु नपर्ने विश्वास दिलाए ।

उनले भने, ‘यातायात व्यवसायी साथीहरुले जिल्लाजिल्ला अथवा देशव्यापी रुपमा सवारीहरु ल्याएर भएपनि सेवा दिन्छौं भन्नुभएको छ, आशा छ सवारीको अव कुनै कमी हुँदैन् ।’

मन्त्री लेखकले आवश्यक परे सरकारले अन्य विकल्प समेत अघि सार्ने जनाए । हालै मात्रैपनि सवारी आवातजावतको उचित व्यवस्था गर्नेबारे सम्बन्धित सबै निकाय प्रहरी, सेना, र सरकारका मुख्य सचिववीच छलफल भएको समेत उनको भनाई थियो ।

उनले पछिल्लो समय सरकारले बनाएको नयाँ नियम बमोजिम क्षमताभन्दा बढि यात्रु बोकेको पाइयो भने कडा कारवाही गर्ने समेत चेतावनी दिए ।