१ कार्तिक २०८३, आइतबार

यी महिला जसलाई नरेन्द्र मोदीले विशेष कामका लागि अमेरिकाबाट बोलाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

karuna

काठमाडौं, १६ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक महिलालाई अमेरिकाबाट भारत बोलाएका छन् ।

१४ वर्षमै कार्डियाक एरेष्ट भएपछि मृत घोषित गरिएपनि बाचेकी करुणा गोपाल प्रधानमन्त्री मोदीले बोलाएपछि अमेरिकाबाट भारत फर्केकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मोदीको सपना पूरा गर्न उनी विदेश छाडेर भारत आएकी हुन् । करुणा अहिले भारतमा १०० स्मार्ट सिटी बनाउने मोदीको योजनाकी प्रमुख सल्लाहकार हुन् ।

अमेरिकामा बस्ने करुणालाई मोदीले आफ्नो स्मार्ट सिटी परियोजना सफल पार्न बोलाएका हुन् । पढाउँदा पढाउँदै सप्टवयेर इन्जिनियरको काम गर्ने करुणाले घरबाट नै काम गरेर भर्चुअल टिम खडा गरेकी थिइन् ।

karuna-india-modi-calls-back-5

अमेरिकामा फेलोसिप पाएर त्यहाँ पुगेकी उनलाई अमेरिका, सिंगापुर र भियनतानजस्ता देशमा समेत स्मार्ट सिटीको परियोजना डिजाइनका लागि प्रस्ताव नआएका होइनन् ।

अहिले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष अनुरोधमा उनी भारत आएकी छीन् । उनले अव मोदीको योजना अनुसार भारतका प्रस्तावित १०० स्मार्ट सिटीको डिजाइन गर्नेछिन् ।

करुणा मसूरीमा आइएएस एकेडेमीमा पढाउने काम पनि गर्छिन् ।