३० कार्तिक २०८३, सोमबार

एमालेलाई चुनौति दिँदै दीपकुमार उपाध्याय भारतको राजदूतमा अनुमोदित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepak-kumar-uppadhya

काठमाडौं, १६ असोज । संसदीय सुनुवाई विशेष समितिले दीपकुमार उपाध्यायलाई भारतको राजदूतमा बहुमतले अनुमोदन गरेको छ ।

आइतबार समितिको बुहमतमार्फत उपाध्याय प्रतिपक्षी एमाले र राप्रपा नेपाललाई चुनौति दिँदै भारतको राजदूतमा अनुमोदित भएका हुन् ।

यद्यपी उपाध्याय सर्वसम्मत हुन सकेनन् । उनलाई एमाले र राप्रपा नेपालले समर्थन नगरेपछि उनी सर्वसम्मत हुन नसकेका हुन् ।

आइतबार बसेको बैठकमा सभापति कुलबहादुर गुरुङले उपाध्यायको नाम अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत गर्दा एमाले र राप्रपा नेपाल विपक्ष उभिए । यद्यपी समितिमा कांग्रेस, माओवादी केन्द्रको बहुमत भएकाले उपाध्यायको नियुक्ति प्रक्रिया भने रोकिएन ।

भारतको राजदूत हुँदा सरकारलाई असहयोग गरेको, परराष्ट्र मन्त्रालयलाई जानकारी नदिई घुमेकोलगायतका तीन आरोप लगाउँदै केपी ओली नेतृत्वको तत्कालिन सरकारले उपाध्यायलाई फिर्ता बोलाएको थियो ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले तत्कालिन सरकारले उनीमाथि लगाएका आरोप प्रमाणित भएकाले आफूहरु स्थिर उभिएको बताए । ‘उहाँले सम्बन्ध सुदृढ गराउन सक्नुभएन भनेर सरकारले फिर्ता बोलाएको थियो,’ उनले भने, ‘त्यही व्यक्तिलाई तत्कालिन सरकार र त्यसपार्टीविरुद्ध प्रतिशोष साध्न फेरि त्यही देशमा पठाउने निर्णय आग्रहपूर्ण छ ।’

सुनुवाई समितिले चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौड्याल र न्यायपरिषद् सदस्य रामप्रसाद सिटौलाको भने सर्वसम्मत अनुमोदन गरेको छ ।