३० कार्तिक २०८३, सोमबार

मकवानपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५० भन्दा बढी घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

makwnpur-1

हेटौंडा, १६ असोज । मकवापुनको हाँडिखोलामा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

हेटौँडाबाट हाँडिखोलातर्फ जाँदै गरेको ना ४ ख ४३०७ नम्वरको यात्रुबस सोमबार विहान पदमपोखरीको चकरीमकरीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि हाँडीखोला–२ का ३० वर्ष सूर्यबहादुर लामा र चार वर्षका प्रनिस लामिछानेको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान जानेमा एक महिला पनि रहेको र उनको पहिचान खुलेको छैन ।

घटनामा ५० भन्दा बढी यात्रु घाइते भएको र उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।