नयाँदिल्ली, १६ असोज । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार फेरि एक पटक चीनले फेरि भिटो प्रयोग गरेर जैश–ए–मोहम्मद प्रमुख मसूद अजहरलाई संयुक्त राष्ट्र संघमा चरमपन्थी (आतंकवादी) घोषणा गर्नबाट रोकिदिएको छ । चीनको यो निर्णय छ महिनासम्म लागू हुनेछ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता जेंग शुआंगले आफ्नो पछिल्लो भनाइमा भनिएको छ, ‘चीनले राष्ट्र संघको बुँदा १२६७ प्रतिबन्ध समितिका अनुसार कसैलाई पनि प्रतिबन्ध लगाउने विषयमा निष्पक्ष र व्यावसायिकताका साथ ठोस प्रमाणका आधारमा सुरक्षा परिषदका सदस्य राष्ट्रवीच सर्वसम्मत फैसला लिनुपर्छ भन्ने रहेको छ । सोही कारण भिटो प्रयोग गरिएको छ ।’
चीनले यसअघि मार्च महिनामा मसूद अजहरलाई चरमपन्थीको सूचीमा राख्नका लागि भारतले राष्ट्र संघमा गरेको प्रस्तावलाई भिटो प्रयोग गरेर रोकिदिएको थियो । मार्चमा लागेको भिटोको समय भोलि सोमबार सक्किदैछ ।
मसूद अजहरलाई प्रतिबंध लगाएर जाने विषयमा चीन बाहेकका १४ राष्ट्र भारतको पक्षमा रहेको पीटीआईले समाचारमा उल्लेख गरेको छ ।
सन् १९९९ मा तत्कालीन अटल बिहारी वाजपेयी सरकारले मसूद अजहरलाई इंडियन एयरलाइंससहित यात्रुहरूलाई छुटाउन छाडिएको थियो । इंडियन एयरलाइंसको बिमानलाई काठमाडौंबाट उड्नेवित्तिकै अपहरण गरेर मसूद अजहरको समूहले अफ्गानिस्तानको कान्दाहार पुगाएको थियो ।
चीनका तर्फबाट यो प्रस्तावमा फेरि पनि भिटो प्रयोग गरियो भने मसूद अजहरलाई चरमपंथी घोषण गर्ने प्रस्ताव अर्को पटक स्वतः पारित हुने प्रावधान छ ।
तालिबानलाई प्रतिबंधित गर्नका लागि १९९९ मा गठित संयुक्त राष्ट्र सुरक्षा परिषदको बुँदा नम्बर १२६७ समितिले सूचीमा नाम रहनेवित्तिकै थुप्रै प्रतिबंध लाग्नेछ । यो बुँदामा सम्पत्ति फ्रीज, यात्रामा प्रतिबंध र हतियार खरिदमा प्रतिबंध लाग्ने जस्ता व्यवस्था छ ।
अल अलकायदाका तत्कालीन प्रमुख स्वर्गीय ओसामा बिन लादेनलाई पनि यस्तै प्रकारको प्रतिबंध लगाइएको थियो ।















प्रतिक्रिया