१ कार्तिक २०८३, आइतबार

चीनले रोक्यो भारत बग्ने ब्रम्हपुत्र नदीको पानी, मोदी सरकारमाथि दबाब

18k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

brahmaputra-river

काठमाडौं, १५ असोज । उरी आक्रमणपछि चर्किएको भारत पाकिस्तान तनावका कारण चीनले ब्रम्हपुुत्र नदीको पानी रोकेको छ ।

दुई देशको विवादकाबीच भारतले पाकिस्तानलाई सिन्धु नदीको पानी रोक्ने धम्की दिइरहेका बेला चीनले ब्रम्हपुुत्र नदीको पानी रोकेर भारतमाथि दवाव सिर्जना गरेको हो ।

चीनले आफ्नो सबैभन्दा ठुलो हाइड्रो प्रोजेक्टको लागि तिब्बतमा ब्रम्हपुत्र नदीको एक साहायक नदीको पानी रोकको बताइएको छ । चीनले चालेको यो कदमले भारतमा बग्ने नदीको पानीमा कमी आउने र भारतका सिक्किम, अरुणाञ्चल, र आसाम लगायतका क्षेत्रमा पानीको वितरणमा कमी आउने बताइएको छ ।

चीनले उक्त हाइड्रो पावर ७ हजार ४ सय अमेरिकी डलरमा निर्माण गर्न लागेका र सन् २०१४ मा सुरु गरिएको निर्माण कार्य सन् २०१९ मा सक्ने लक्ष्य रहेको बताइएको छ ।