१ कार्तिक २०८३, आइतबार

पाकिस्तानमा सर्जिकल स्ट्राइक्सबारे राष्ट्रसंघले भारतमाथि उठायो प्रश्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ban-ki-moon

काठमाडौं, १५ असोज । संयुक्त राष्ट्रसंघले नियन्त्रण रेखामा भारतले गरेको सर्जिकल स्टाइक्समाथि प्रश्न उठाएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनका प्रवक्ता स्टीफान दुजारिकले संयुक्त राष्ट्रसंघको सैन्य प्रेक्षक दलले भारत र पाकिस्तानको नियन्त्रण रेखामा कुनैपनि गोलाबारी सीधै नभएको बताएका छन् ।

बान की मुनका प्रवक्ता स्टीफानले भने- ‘राष्ट्रको सैन्य प्रक्षेक दलले भारत र पाकिस्तान नियन्त्रण रेखामा सिधै गोलाबारी भएको छैन, संघर्ष विराममा यी कथित उल्लंघनको बारेमा हामीलाई खबर प्राप्त भएको छ । प्रेक्षक दल त्यसको सिलसिलामा सम्बन्धित अधिकारीहरुसँग कुराकानी गरिरहेको छ ।’

संयुक्त राष्ट्रसंघका सैन्य प्रेक्षक दलले भारत र पाकिस्तानबीच नियन्त्रण रेखामा १९७१ मा लागु भएको संघर्ष(युद्ध) विरामको निगरानी गर्छ ।