१ कार्तिक २०८३, आइतबार

चीनको उठायो भारतलाई अप्ठेरो पार्ने कदम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Xi-modi

काठमाडौं, १५ असोज । भारत र पाकिस्तानबीच युद्धको अवस्था सिर्जना भइरहेका बेला चीनले भारतलाई अप्ठेरो पार्ने कदम उठाएको छ ।

चीनले तिब्बत भएर भारततर्फ बग्ने ब्रह्मपुत्र नदीको एक सहायक नदी रोकेर भारतको चिन्ता बढाएको हो । चीनको यो कदमले भारतको असम, सिक्किम र अरुणाञ्चल प्रदेशमा पानीको आपूर्तिमा कमी आउनेछ ।

चीनको सरकारी न्यूज एजेन्सी सिन्हुवाका अनुसार ब्रह्मपुत्र नदीको सहायक नदीलाई प्राविधिक कारण देखाउँदै चीनले रोकेको हो ।

काश्मिरको उरी घटनापछि भारतले पाकिस्तान बग्ने सिन्धु नदी रोक्ने धम्की दिइरहेका बेला चीनले ब्रह्मपुत्रको सहायक नदी रोकेर भारतका अगाडि अप्ठेरो स्थिती सिर्जना गरेको छ ।

जानकारहरुका अनुसार चीनले ब्रह्मपुत्र नदी पुरै रोके भारतका आधा राज्यमा मरभुमीमा परिणत हुने बताइन्छ ।