३० कार्तिक २०८३, सोमबार

म हिन्दू राज्यका पक्षमा छु, जनमत संग्रह गरिनुपर्छः शशांक कोइराला

71.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sasaanka-koirala

काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मका बिषयमा ठोस निर्णय लिन जनमत संग्रहमा जानुपर्ने बताएका छन् ।

न्यूज २४ टेलिभिजनको कार्यक्रम ‘इश्यु अफ द डे’संग कुरा गर्दै विपी पुत्र कोइरालाले धर्मका बिषयमा जनमत संग्रहमा गए देशलाई पनि फाईदा हुने स्पष्ट पारे । उनले आफू शुरु देखि नै धर्मनिरपेक्ष भन्दा पनि हिन्दू राज्यका पक्षमा भएकाले जनमत संग्रह भएमात्र त्यो बिषयको टुंगो लाग्ने दावी गरे । नेपालमा ७० प्रतिशत भन्दा बढी मानिस हिन्दू भएकाले हिन्दू राज्य नै राम्रो हुने उनको धारणा छ ।

संविधान कार्यान्वयन गर्दा भोलिका दिनमा द्धन्द्ध नहुनका लगि पनि हिन्दू राज्य कायम गर्ने–नगर्ने बिषयमा जनमत संग्रह गर्नुपर्ने महामन्त्री डा. कोइरालाई भनाई छ ।

संसद भवनबाट प्रशारण गरिएको ‘इश्यु अफ द डे’ कार्यक्रममा अन्य सांसदहरुले पनि आ–आफ्नो धारणा राखेका थिए ।

हेर्नुस् भिडियो अन्तर्वार्ताः

भिडियो सौजन्यः न्यूज ट्वान्टीफोर ।