काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले कांग्रेस ठूलो पार्टी भएर पनि सरकारमा अहिले माओबादी ठूलो पार्टी जस्तोगरि प्रस्तुत भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
नेपाली कांग्रेस काठमाडौले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले तेस्रो पार्टी माओबादी ठूलो पार्टी जस्तोगरि प्रस्तुत हनु पार्टी नेतृत्वको गम्भीर कमजोरी रहेकाले तत्काल केन्द्रीय समिति बैठक बोलाएर सरकार संचालन स्थानीय निकायको निर्वाचन सीमांकन लगायतका बिषयमा छलफल गर्न माग गरे ।
संयुक्त सरकारमा कांग्रेस ठूलो दल भएर पनि सरकार संचालनमा कुनै प्रभावकारी भुमिका नदेखिनुले कायकर्ताहरुमा निराशा छाएको भन्दै नेता सिंहले पार्टीका तर्फबाट वार्तामा बस्नेहरुले आफ्नो फाईदा मात्र हेरेर काम गर्ने गरेकाले ब्यक्ति केन्द्रीत निर्णयले पार्टी र मुलुकको हित हुननसक्ने भन्दै पार्टी सभापतिले यसमा गम्भीरताका साथ सोच्नुपर्ने बताए ।
कांग्रेसको बिधबिधान अनुसार पार्टी चल्न सकेमात्र यो पार्टी जनताको चाहाना अनुरुपको पार्टी बन्ने भन्दै उनले महत्वपूर्ण बिषयमा पाटिभित्र आवश्यक छलफल गरेर निर्णय हुनुपर्नेमा जोड दिए ।
महाधिवेशन सकिएको लामो समय बितिसक्दा पनि पार्टी पदाधिकारी र केन्द्रीय कायसमितिले पूर्णता नपाएकोमा पार्टी नेतृत्वको आलोचना गर्दै उनले तत्काल पूर्णता दिन सुझाव दिए ।
पार्टीको भुमिका सरकारमा कमजोर देखिएको भन्दै कडा रुपमा प्रस्तुत भएका नेता सिंहले सीमांकन बिषयलाई छलफलबाट टुङ्गोमा पुर्याएर मात्र चुनावको वातावरण बन्न सक्ने भएकाले कांग्रेसले यसमा अग्रसरता लिनुपर्नेमा जोड दिए ।
आफूहरुले केन्द्रीय समितिको बैठक तत्काल डाकन सभापतिलाई यसअघि नै आग्रह गरिसकेकाले बैठक नडाकेकोप्रति उनले आक्रोश पोखे । नजिकै चुनाव आइरहेकोले दलभित्रको एकता मजबुद हुन नसकेमा आउने परिणामलाई समेत बिचार गरेर पार्टी सभापतिलाई अघि बढ्न सुझाव दिँदै पार्टीभित्र आन्तरिक बिषयमा यथेष्ट छलफल गराएर महत्वपूर्ण निर्णय गराउँदा यसले सभापतिलाई झन निर्णय प्रक्रियामा बलियो बनाउनेमा समेत उनले ध्यानाकर्षण गराए ।












प्रतिक्रिया