१ कार्तिक २०८३, आइतबार

अभिनेता सौगात र पूर्व मिस नेपाल सृष्टिले फिल्म हलभित्रै यो के गरे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shristi_love_saugat_mallaकाठमाडौं । नेपाली फिल्मका कलाकारहरूका बारेमा प्रेम प्रसंगका रोचक र घोचक कुराहरू बाहिर आउनु कुनै ठूलो कुरा होइन । छविराज ओझा र शिल्पा पोखरेलवीचको प्रेमसम्बन्धले चर्चा पाइरहेका बेला अर्को जोडीको रोचक प्रेम प्रसंग बाहिर आएको छ ।

अभिनेता सौगात मल्ल अहिले पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसँगको प्रेमजालमा परेको हल्ला नेपाली फिल्मी बजारमा हट केकका रुपमा फैलिएको छ । मोडल सोनी केसीसँगको ब्रेकअपसँगै सौताले सृष्टिलाई फसाएको चर्चा छ ।

पोखरामा सुटिङको सेटमै सौगातलाई भेट्न सृष्टि पुगेको समाचार मिडियामा आइरहेका छन् । काठमाडौंमा अनेक ठाउँमा भेट गरेको यो जोडीले पर्यटकीय नगरी पोखरामा परेवा जोडीले जस्तै मोजमस्ती गरेको स्थानीयले बताएका छन् ।

गत आइतबार सौगात र सृष्टि काठमाडौंको कुमारी हलमा सँगै भेटिएका थिए । त्यो पनि अंगालो मारेर हिँडेको अवस्थामा । सृष्टि र सौगातले शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘झूम्की’ को साढे तीन बजेको शो हेरेको प्रत्यक्षदर्शीले बताए । यो जोडी फिल्म सुरु भएको १५ मिनट ढिला हलमा पुगेको थियो ।

फिल्म हेर्ने क्रममा सौगातले सृष्टिलाई कोल्डड्रिङ्स र पपकर्न खुवाएको चर्चा फिल्मी क्षेत्रमा चलेको छ । उनीहरूको यो चालामाला देखेर चिन्नेहरूले ‘फिल्म हलभित्रै यो के गरेको होला ?’ भनेर जिब्रो समेत टोकेका थिए ।

स्रोतका अनुसार सौगातलाई सृष्टिले आफ्नै गाडीमा राखेर फिल्म हेर्न हलसम्म पुगेकी थिइन् ।

केही हप्ता पहिले पनि सौगातकी पूर्व प्रेमिका सोनी केसीले सृष्टिलाई लक्षित गर्दै फेसबुकमा स्ट्याटस् लेखेर आक्रोस पोखेकी थिइन् । सृष्टिले ‘गाजलु’मा अभिनय गरेकी छिन् ।

सृष्टिले बालुवामा ‘एस लभ एस’ लेखेर दुईवीचको प्रेमसम्बन्धलाई सबैका माझ सार्वजनिक गरिसकेकी छिन् । अब यो जोडीले विवाह गर्छ वा रोमान्स मात्रै गरेर सबैलाई चकित पार्छ हेर्न बाँकी छ ।