काठमाडौं, १५ असोज । भारतको हेपाह प्रवृत्तिको विरोध गर्दै पशुपति निर्माण व्यापार संघमा आवद्ध हार्डवेर व्यवसायीहरुले भारतमा उत्पादन भएका हार्डवेर सामाग्री बिक्री नगर्ने निर्णय गरेका छन् ।
व्यवसायीहरुको शुक्रबार काठमाडौँमा भएको भेलाले सो निर्णय गरेको हो । संघका उपाध्यक्ष शेरबहादुर तामाङका अनुसार भारतले पाकिस्तानमाथि गरेको हस्तक्षेपको विरुद्ध व्यवसायीहरुले सो निर्णय गरेका हुन् ।
उनीहरुले सोमबारदेखि भारतमा निर्माण भएका हार्डवेरका सामाग्रिहरु बिक्री नगर्ने निर्णय गरेको उनले बताए ।
तामाङका अनुसार ३ हजार ६ सय ४० जना व्यवसायी आवद्ध सो संघमा अन्य ११ हजार वितरकहरु रहेका छन् ।
संघका अध्यक्ष शिव कार्कीको अध्यक्षतामा भएको समीक्षा भेलामा ११ हजार ६ सय ९० हार्डवेर व्यवसायीहरुको हस्ताक्षर समेत सार्वजनिक गरिएको थियो ।
उनीहरुले भारतको हेपाहा प्रवृत्तिको विरोध गर्दै हस्ताक्षर गरेका हुन् । उनीहरुले भारतले सबै छिमेकी मुलुकको सम्मान गर्नु पर्ने समेत माग गरेका छन् ।















प्रतिक्रिया