भक्तपुर, १४ असोज । लेखक तथा राजनीतिज्ञ गणेशबहादुर खत्रीद्वारा लिखित ‘खुलाल खत्रीको खोज’ पुस्तक आज सार्वजनिक भएको छ ।
बागसिंह प्रतिष्ठानले आज नलिन्चोकमा आयोजना गरेको कार्यक्रममा शिक्षाविद् सुरेशराज शर्मा, प्राज्ञ प्रा दिनेशराज पन्त, लेखक तथा पत्रकार हरि अधिकारी र खुलाल खत्रीका अग्रज व्यक्तित्व पदमबहादुर चन्दले पुस्तकको संयुक्त रुपमा विमोचन गर्नुभयो ।
कार्यक्रममा शिक्षाविद् शर्माले पुस्तक इतिहास र समाजशास्त्रका लागि आवश्यक रहेको बताउनुभयो । प्राज्ञ पन्त, लेखक खत्री, पत्रकार अधिकारी र चन्द लगायतले पुस्तकका विविध पक्षबारे चर्चा गर्नुभयो । कार्यक्रममा यस वर्ष प्रवेशिका परीक्षा उत्तीण गर्ने उत्कृष्ट खुलाल खत्री समाजका विद्यार्थीलाई सम्मान गरिएको थियो । रासस
















प्रतिक्रिया