२ कार्तिक २०८३, सोमबार

ग्लोबल आइएमई बैंकले रिलायबल बैंकलाई एक्विजिसन गर्ने समझदारी पत्रमा हस्ताक्षर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ime-agrement

काठमाडौं, १४ असोज । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं जिल्लामा रजिष्टर्ड कार्यालय रहेको राष्ट्रियस्तरको रिलायबल डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ ।

समझदारी पत्रमा शुक्रबार ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र रिलायबल डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष राधेश्याम अग्रवालले हस्ताक्षर गर्नुभयो । दुवै बैंकबीच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाहि ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

राष्ट्रियस्तरको विकास बैंकको रुपमा विगत १० वर्षदेखि कारोबार गर्दै आईरहेको रिलायबल डेभलपमेन्ट बैंकको कुल चुक्ता पूजिँ रु.७८ करोड ८५ लाख रहेको छ । रिलायबल डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी रु. ८ अर्व भन्दा बढी हुनेछ साथै कुल निक्षेप रु.८८ अर्व, कर्जा लगानी रु. ७४ अर्व र १११ वटा शाखा कार्यालय पुग्नेछन् । एक्विजिसन पश्चात नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप निजी क्षेत्रको वाणिज्य बैंकहरुमा कुल चुक्ता पुजी रु. ८ अर्व पुग्ने यो बैक दोस्रो हुनेछ ।

ग्लोबल आईएमई बैंकले यसअघि प्यासिफिक डेभलपमेन्ट बैंकलाई मिति २०७३-०३-०१ मा एक्विजिसन गर्ने सहमति गरी एक्विजिसनको प्रकृयामा रहेको छ । यस भन्दा पहिला साविक कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससंग सफलता पूर्वक मर्जर सम्पन्न गरि सकेको छ भने रिलायबल फाइनान्स लि., शुभ लक्ष्मी फाइनान्स, नेपाल कञ्जुरम डेभलपमेण्ट बैंक लि.सँग मर्जर भै रिलायबल डेभलपमेण्ट बैंक लिमिटेड कायम भएकाले यो एक्विजिसन सम्पन्न भए पछि १०वटा बैंक वित्तीय संस्था मर्जर-एक्विजिसन भै बनेको पहिलो बैंक हुने छ ।